कतारमा हुने २०२२ फिफा विश्वकप सुरु हुन केही साता बाँकी रहेको बेला लियोनल मेस्सीको खुट्टामा समस्या देखा परे पछि उनले सावधानीको रूपमा पिएसजीको आउँदो लिग खेल नखेल्ने भएको छ।
Lionel Messi has some inflammation on his Achilles tendon and is being rested for Paris Saint-Germain’s game against Lorient as a precautionary measure.https://t.co/8RetMPQX7k
— AP Sports (@AP_Sports) November 5, 2022
रिपोर्ट अनुसार मेस्सीको खुट्टाको ‘एकिलिस टेन्डन’ सुन्नीएको छ। उक्त समस्या एक सानो चोट भए पनि मेस्सी र उनको कोच विश्वकपको मुखमा जोखिम लिन चाहँदैनन् जसको कारण उनले आइतबार लिग १मा लोरिएन्ट विरुद्धको खेल गुमाउने छन् ।
उनको रिकभरीको सन्दर्भमा, पिएसजीले अर्को हप्ता अक्सरेसँग पेरिसको खेल अघि मेस्सी पूर्ण रूपमा प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ जुन विश्वकप अघि पिएसजीको अन्तिम खेल हुने छ।
Lionel Messi will miss PSG’s game against Lorient as a ‘precaution’ ❌ pic.twitter.com/2rkCI3p7Fw
— GOAL (@goal) November 5, 2022
यो वर्षको फिफा विश्वकप युरोपियन घरेलु लिगको बिचमै भएको कारण धेरै खेलाडीहरूले चोटको कारण २०२२को विश्वकप गुमाउने भएको छ भने अर्जेन्टिनाका सुपरस्टारको खुट्टामा पनि केही समस्या आए पछि फ्यानहरूमा केही चिन्ता रहेको छ भने मेस्सी पनि आफ्नो अन्तिम विश्वकप चोटको कारण गुमाउन पक्कै पनि चाहँदैनन् ।