विश्वकप विजेता गाेलकिपर लाेरिस ‘मापसे’ का कारण  परे २० महिनाकाे प्रतिबन्धमा

रसिया विश्वकपको उपाधि जित्दा मुख्य भुमिका खेलेका गोलकिपर हुगो लोरिसलाई ड्रिंक एण्ड ड्राइभ केसमा २० महिनाको प्रतिबन्ध लागेको छ । उनले २० महिनासम्म गाडी चलाउन नपाउने भएका छन भने ५० हजार पाउण्ड जरिवाना लागेको छ ।

इंग्लिस क्लव टोटनह्यामका गोलकिपर लोरिस २४ तारिखको विहान मादकपदार्थ सिमा भन्दा बढी खाएर गाडी चलाएको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले उनलाई २० महिनासम्म गाडी चलाउन नपाउने गरि कारवाही सुनाएको हो ।