विश्वकप विजेता कप्तान ह्युगोलोरिस मापसे कारवाहीमा

विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चालको आरोपमा कारवाही गर्ने परेका छन् । ३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले फ्रान्सका कप्तान ह्युगोलोरिस रोकेको थियो ।

उनले गाडी चलाउने बेलामा परिक्षण गर्दा मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कारवाही गरेको हो । उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो । रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फ्रान्सलाइै दोस्रो पटक विश्वकप उपाधि दिलाउन मद्दत गरेका थिए । सहरको पुलिस विभागका अनुसार लोरिसलाई जमानतमा रिह गरिएको छ ।

उनले अब ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने आदेश जारी भएको छ । लोरिस सन् २०१२ मा लियोनबाट स्पर्स भित्रिएका थिए । प्रिमियर लिग कलबमा उनले २५६ खेल खेलेका छन् । टोटेनहमले प्रिमियर लिगको सुरुआती दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा न्युकासलविरुद्ध २-१ को जित दर्ता गरेको नेपालले दोस्रो खेलमा फुल्हामलाई ३–१ ले पराजित गरेको थियो ।