विश्वकप विजयी अमेरिकी महिला टोलीलाई ह्वाइट हाउसको निम्तो

महिला विश्वकपको फाइनलमा अमेरिकाले नेदरल्याण्ड्सलाई २-० ले हराउदै विश्वकपको उपाधि जितेको थियो।

अमेरिकाले महिला फुटबल विश्वकपमा चौथो जित हात पारेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै टीमलाई बधाई दिएका छन् । अमेरिकाका रास्ट्रपति ट्रम्पले ट्वीटमा : अमेरिकी महिला फुटबल टीमलाई विश्वकप जितेकोमा बधाई दिएका छन्।

फाईनल अघि अमेरिकी महिला फुटबलका सहकप्तान मेगन रापियोसँग ट्रम्प विवादमा परेका थिए। मेगनले ट्रम्प प्रशासनको गतिविधि, लैगिंक अल्पसंख्यक समुदाय तथा महिलाप्रति उनको नीतिमाथि आपत्ति जनाउँदै विश्वकप जितेपछि ह्वाइट हाउसमा बोलाइयो भने पनि उनी नजाने भनेका थिए।

ट्रम्पले यसबारे आफ्नो प्रतिक्रिया दिदै भनेका छन्, “टीमले जितोस् वा हारोस् टीमलाई हाम्रो निमन्त्रणा छ। मेगनले देश, ह्वाइटहाउस वा देशको झण्डाको अपमान गर्नुहँदैन।