विश्वकप फुटबलमा ३२ देशनै रहने, यस्ताे छ कारण

सन् २०२२ को कतारमा संचालान हुने ३२ औं संस्करणकाे विश्वकप फुटबलमा सदाझैं २२ वटा टिम हुनेभएको छ। फीफाले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो।

यसअघिका बैठकमा ४८ वटा टिमलाई समावेश गराउने संदर्भमा अध्ययन थालिएको थियो । विश्व फुटबल सहयोग अंगले खेललाई लम्ब्याउँदा विभिन्न समस्या देखापर्ने भएकाले सो कार्यलाई अहिले रोक्ने जनाएको छ।

फीफका अध्यक्ष्य गिन्नी एन्फन्टिनोले कतारमा सबै खेलको आयाजना हुन नसक्ने भएकाले बाँकी खेललाई छिमेकी खाडीराष्ट्रमा सार्न सकिने प्रस्ताव अगाडि सारेका थिए। तर बुुधबार फिफाले सार्वजनिक गरेको सुचनामा प्रतियागिता विस्तारका लागि चाहिने प्रबन्ध पुरा गर्न फीफालाई अझै केहि समय लाग्ने जाएको छ। साथै यो निर्णय पुरागर्न आगामी महिनामा अर्को बैठक बस्नेसमेत सुचनामा उल्लेख गरिएको छ।

दिएको भनाइले अबको विश्वकपमा ३२ वटा नै टिम सहभागी हुने जनाउँछ। यसअगाडि बसेको फीफा र कतारको संयुक्त टोलीको बैठकले प्रतियागितालाई विस्तार गर्न सकिने संभाव्याताको अध्ययन गर्ने जनाइएको थियो ।