विश्वकप छनोट खेल्ने नेपालको प्रारम्भिक टोलीको घोषणा

सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् । कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।

पहिलो चरणमा प्रशिक्षक कालिनले ५ खेलाडीलाई टिम बाहिर राखेका छन् । डिफेन्डर कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

दोस्रो चरणको छनोट सन् २०१९ काे सेप्टेम्बर ५ देखि सन् २०२० काे जुन ९ जुनसम्म हुनेछ ।

नेपालले पहिलो खेल कुवेतसँग खेल्नेछ ।नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग होम गेम खेल्ने तालिका रहेको छ । तर , दशरथ रंगशालाको पुननिर्माण नसकिने हुँदा नेपालले उक्त खेल कुवेतमा खेल्नेछ । त्यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल पनि उसैको मैदानमा खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

प्रारम्भिक टिम :

गोलरक्षक : किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, बिशाल श्रेष्ठ

डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे,

मिडफिल्डर : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेब गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ

स्ट्राइकर : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, बिमल घर्ति मगर