विश्वकप छनोटको लागि विमल नेपाल फर्कंदै

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर माल्दिभ्स बाट नेपाल फर्कंदै छन् उनि नेपालको विश्वकप छनोटको खेलको तयारीको लागि नेपाल आउंदै छन्। नेपालले विश्वकप छनोटको पहिलो दुइ खेलमा कुवैत र चाइनिज ताइपेइसँग खेल्ने छन् र सोहि खेलको तयारीको लागि उनि नेपाल आउने छन्।

माल्दिभ्सको शीर्ष डिभिजन लिगमा टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका विमल सोमबार माल्दिभ्सबाट प्रस्थान गर्नेछन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् । शनिबार भएको लिग खेलमा विमलले निलान्धुविरुद्ध गोल गरेपछि टिसी विजयी रहेको थियो । उनी उक्त खेलको म्यान अफ द म्याच पनि रहेका थिए । विमलले त्यसअघि सिजनको पहिलो खेलमा नै टिसीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गत जुनदेखि टिसी स्पोर्ट्समा आबद्ध रहेका विमलले राष्ट्रिय टोलीबाट चाइनिज ताइपेइ र मलेसियाविरुद्ध खेल खेलेका थिएनन् । चोटका कारण उनी विश्राममा रहेका थिए । त्यसअघि कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि उनी यू-२३ टोलीको कप्तानी गरेका थिए । उनले नवनियुक्त प्रशिक्षक योहान कालिनसँग पहिलो पटक पूर्ण प्रशिक्षण गर्नेछन् ।