विश्वकप छनोटका लागि प्रशिक्षक योहान कालिनले गरे नेपाली टिमकाे घाेषणा

फिफा विश्वकपको दोस्रो चरण खेल्न नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको टिमले कुवेतविरुद्ध सेप्टेम्बर ५ र चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर १० तारिखमा खेल्ने छ।

घाेषणा गरेको टिममा विमल राना र एलेन न्यौपानेलाई हटाईएको छ। रानालाई रोहित चन्द र न्यौपानेलाई किरण चेम्जोङले रिप्लेस गरेका हुन् । हाल नेपाली सेनाको तालिमका लागि थाइल्याण्डमा रहेका कारण भरत खवासले कुवेत र चाइनीज ताइपेइ विरूद्दको खेल गुमाउने जनाइएको छ।

कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार कुवेत जानेछ।

छनोट भएका खेलाडीहरू:

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ