एएफसीले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ ।
एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो ।
दोस्रो चरणको खेलहरु यस वर्ष मार्च र अप्रिलमा हुनुपर्ने थियो । छनोट खेल स्थगित भएर अक्टोबरदेखि नोभेम्बरसम्म पुग्यो ।
कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल सन् २०२१ सम्मका लागि सारिएको थियो ।
नयाँ तालिका अनुसार नेपालल सन् २०२१ को मार्च २५ मा (चैत १२ गते) चाईनिज ताईपेसंग खेल्नेछ । यस्तै, अष्ट्रेलियासंग मार्च ३० मा (चैत १७ गते) खेल्नेछ । यस्तै, जोर्डनसंगको खेल जुन ७ मा (जेठ २४ गते) हुनेछ ।
नेपालले तीन वटै खेल घरेलु मैदानमा खेल्नेछ ।
नेपाल छनोटको समूह बीमा रहेको छ । र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ । नेपालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो । नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसंग १–० ले गुमाएको थियो ।
नेपालले प्रतियोगिताको संयोजकको रुपमा उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रिय सदस्य विजय घलेलाई जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।