विश्वकप क्रिकेट लिग-२ खेल्न अमेरिका र ओमानको टोली नेपालमा

आईसीसी विश्वकप क्रिकेट लिग-२ खेल्न अमेरिका र ओमानको टोली नेपाल आइपुगेकाे छ ।

अफिसियलसहित अमेरिकी टोली आइतबार साँझ काठमाडौं ओर्लेकोथियाे।आईसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो।

अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो।

यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ। ओमानको टोलीले मंगलबार कीर्तिपुर मैदानमै प्रशिक्षण गर्नेछ। अमेरिकी टिमले भने नेपाली टिमसँग सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास गर्नेछ। प्रतियोगिता बुधबारबाट सुरु हुनेछ।

@Kantipur