विश्वकप एशियाई छनोटको ड्र पुरा – नेपाल ग्रुप ‘बि’ मा अस्ट्रेलियासंग खेल्ने

फिफा विश्वकप २०२२ को एसियन छनोटतर्फ दोस्रो चरणको ड्र आज मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा भएको छ। दोस्रो चरणको छनौटतर्फ फिफा वरियताका माथिल्लो टोलीहरुको सहभागिता रहेकोमा नेपालले पनि बलियो टोलीहरुसँग भिड्नु पर्ने निश्चित थियो र नेपालले खेल्ने टिम तय भएको छ। नेपाल ‘ग्रुप बि’मा परेको छ र नेपालले अस्ट्रेलिया, जोर्डन, कुवैत र चाइनिज ताइपे संग खेल्ने छ।

ड्र नेपाली समय अनुसार अपराह्न २:४५ मा शुरु भएको थियो । फिफाको आधिकारिक युट्युज च्यानलमा प्रत्यक्ष प्रसारण भएको ड्र मा एसियाका कुल ४० राष्ट्रहरुको सहभागिता थियो।