अफ्रिकी राष्ट्र क्यामरुनले विश्वकपको बिचमै आफ्नो स्टार गोलकिपर आन्द्रे ओनानालाई टिमबाट हटाएको छ।
क्यामरुन र सर्बिया बिचको खेलमा क्यामरुनले आफ्नो स्टार गोलकिपर आन्द्रे ओनानालाई टिममा राखेको थिएन भने स्टार गोलकिपर ओनानाले कोच रिगोबर्ट सोंग सँग विवाद गरे पछि कोच रिगोबर्ट सोंगले उनलाई टिमबाट हटाउने निर्णय लिएको छ।
André Onana leaves the World Cup. No changes, it’s confirmed — he will fly to Paris now and then to Yaoundé. 🚨🇨🇲 #Qatar2022
It’s over with the manager Rigobert Song after yesterday’s discussion. pic.twitter.com/jgc4HSF6os
— Fabrizio Romano (@FabrizioRomano) November 29, 2022
क्यामरुन र सर्बिया बिचको खेल ३-३को बराबरीमा अन्त्य भएको थियो भने कोच रिगोबर्ट सोंगले गोलकिपर आन्द्रे ओनाना टिममा नहुनले उक्त नतिजा पाउन आफू सफल भएको पनि खेल पछि बताए र आफ्नो स्टार गोलकिपर सँगको आफ्नो खराब सम्बन्ध उनले स्पष्ट गरे।
क्यामरुनको स्विट्जरल्याण्ड विरुद्धको हार पछि स्टार गोलकिपर आन्द्रे ओनाना र कोच बिच विवाद भएको जानकारी छ र आउँदो खेलमा पनि उनी क्यामरुनको टिममा नपर्ने रिगोबर्टले सङ्केत गर्दै गर्दा क्यामरुनका लेजेन्द शमूएल इटो दुई बिच कुरा मिलाउने प्रयासमा रहेका छन्।
कोच रिगोबर्ट सोंगले ओनानालाई टिमबाट हटाउने आफ्नो निर्णयमा भने ओनाना अनुशासनहीन भएको कारण बताए।
जारी विश्वकपको ग्रुप जीमा अब क्यामरुनले आफ्नो अन्तिम खेल ब्राजिल विरुद्ध खेल्ने छ भने सो खेलमा पनि स्टार गोलकिपर आन्द्रे ओनाना टिममा पर्ने छैनन् भने ओनाना कतारबाट पेरिसमा जाने जानकारी छ। । क्यामरुनले हाल विश्वकपमा दुई खेल खेल्दै १ अंक जम्मा गर्दै ग्रुपको तेस्रो स्थानमा रहेको छ।