काठमाडौ । मछिन्द्र एफसीका गोलकिपर बिशाल श्रेष्ठले क्लबसँग नयाँ सम्झौता गरेका छन । विशालले सम्झौता नविकरण गरेको क्लबले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएको छ ।
मछिन्द्रले आशन्न लिगका लागि विशालसँग सम्झौता गरेको हो ।
विशालले अघिल्लो सिजन पनि मछिन्द्रको गोल पोस्ट सम्हालेका थिए ।
नयाँ सहिद स्मारक “ए” डिभिजन लिग फाल्गुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र गत संस्करणको च्याम्पियन टोली हो ।
नयाँ सिजनका लागि मछिन्द्रले पूजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।