विलियन पछि आर्सनलले अझै यी ३ खेलाडीहरु साइन गर्न प्रयास गर्ने

आर्सनलले फ्री एजेन्ट रहेका ब्राजिलका स्टार विलियन संग ३ बर्सको सम्झौतामा हस्ताक्षर गरेका छन्। ३२ बर्षेका विंगरले चेल्सीसँग सात बर्ष बिताए, सो क्रममा उनले ब्लुजका लागि ३३९ खेलमा ६३ गोल र ६२ असिस्ट गरेका छन्।

यद्यपि आर्सनलको हस्तान्तरण कार्यको अन्त्य भएको छैन भने खबर छ- आर्सनलले अझै ३ खेलाडी साइन गर्ने कुरा रहेको छ। अर्को लन्डन क्लब चेल्सीले केहि स्टार खेलाडी साइन गरेको छ भने अब आर्सनल पनि अफो टिम बलियो गर्न ३ नयाँ खेलाडी भित्राउन तयारीमा रहेको छ।

खबर अनुसार अब आर्सनलले एटलेटिको म्याड्रिडका डिफेंसिव मिडफिल्डर थोमस पार्टे, लिल ओएससीका डिफेन्डर गेब्रियल डोस सान्टोस म्याग्लाइस र बार्साका फिलिप काउटिन्हो (जो हाल बायर्न म्युनिखमा लोनमा छन् )लाई साइन गर्न प्रयास गर्ने छ।