विलियन चेल्सी फर्कन इच्छुक

एजेन्सी, आर्सनलका ब्राजिलिन खेलाडी विलियन आफ्नो पुर्व क्लब चेल्सी फर्कन इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार अमेरिकी क्लब इन्टर मायामी पनि उनलाई भित्र्याउन इच्छुक भएता पनि उनी भने चेल्सी फर्कन इच्छुक छन्।

उनी सन् २०२० मा ३ वर्षका लागि चेल्सीबाट फ्री ट्रन्स्फरमा आर्सनलमा अनुबन्धित भएका थिए। रिपोर्टका अनुसार आर्सनलले यो सिजन पनि आशा अनुरुप प्रदर्शन गर्न नसकेता पनि प्रशिक्षक मिकेल अर्टेटालाई भने क्लबको समर्थन कायम नै छ।
रिपोर्टका अनुसार गत वर्ष चेल्सी उनलाई रख्न इच्छुक भएता पनि ३ वर्ष सम्म अनुबन्ध गर्न भने चेल्सी इच्छुक थिएनन्। यसै कारण उनी चेल्सी छाडी आर्सनलमा अनुबन्धित भएका थिए।
३२ वर्षका विङर विलियनले आर्सनलका लागी ३७ खेलमा मात्र १ गोल गर्न सफल भएका छन्। चेल्सीका लागि भने उन्ले ३३९ खेलमा ६३ गोल गरेका थिए।