विलियनलाइ साइन गर्न चीनियाँ क्लबले गाडी, अपार्टमेन्ट, र प्लेन टिकेट दिने प्रस्ताव

चेल्सीका विलियनलाइ क्लब छोड्न निकै ठुलो प्रस्ताव आएको खुलेको छ। ३० वर्षका विलियनको चेल्सी संगको सम्झौतामा मात्र १ वर्ष बाकी रहेको छ र उनलाई साइन गर्न चाइनिज क्लबले चासो दिएको छ र उनको लागि निकै ठुलो र आकर्षक प्रस्ताव आएको छ।

UOL Esporteको अनुसार उनलाई चाइनिज क्लब शंघाई शेनहुआ बाट प्रस्ताव आएको छ उक्त क्लबले उनलाई दुइटा गाडी, अपार्टमेन्ट, £२३०,००० प्रति हप्ता र प्लाने टिकेट सम्म क्लबले दिने प्रस्ताव राखेको छ। ३० वर्षका विलियन हाल कोपा अमेरिकाको लागि आफ्नो राष्ट्र टोलि संग छन्। चेल्सीले उक्त प्रस्ताव स्वीकार गरे पनि विलियनले भने उक्त प्रस्ताव  अस्वीकार गरि सकेका छन्।