विलियनको आर्सेनलमा भविष्य अनिश्चित

एजेन्सी, आर्सेनलका ब्राजिलियन खेलाडी विलियनको आर्सेनलमा भविष्य अनिश्चित देखिएको छ। रिपोर्टका अनुसार उपयुक्त प्रस्ताव आएको खण्डमा उनी अर्को सिजन आर्सेनलका खेलाडी नरहने संभावना प्रबल देखिन्छ।

अर्का ब्राजिलियन खेलाडी डेविड लुइज पनि आर्सेनल छाड्ने लगभग पक्का नै छ। रिपोर्टका अनुसार आर्सेनलले यो सिजन पनि आशा अनुरुप प्रदर्शन गर्न नसकेता पनि प्रशिक्षक मिकेल अर्टेटालाई भने क्लबको समर्थन कायम नै छ।
उनी सन् २०२० मा ३ वर्षका लागि चेल्सीबाट फ्री ट्रन्स्फरमा आर्सेनलमा अनुबन्धित भएका थिए। ३२ वर्षका विङर विलियनले आर्सेेनलका लागी ३७ खेलमा मात्र १ गोल गर्न सफल भएका छन्। चेल्सीका लागि भने उन्ले ३३९ खेलमा ६३ गोल गरेका थिए।