विमल च्यासल युथ क्लब बाट खेल्ने ?

राष्ट्रिय टिमका खेलाडीहरु क्लबमा आबद्ध भइसकेको अवस्थामा मुख्य स्ट्राइकर विमल घर्तिमगरको भने अझसम्म टुंगो लागेको छैन ।

नेपालमा उपलब्ध १८ खेलाडी मध्ये मनाङ मस्र्याङबाट पाँच जना राष्ट्रिय खेलाडीले खेल्नेछन् भने थ्रीस्टार र त्रिभूवन आर्मी क्लबबाट ४–४ जना खेलाडीले खेल्नेछन् । यस्तै च्यासलबाट दुई तथा नेपाल पुलिस क्लब र एपीएफबाट एक एक जना राष्ट्रिय खेलाडी खेल्नेछन् ।

च्यासल युथ क्लबले विमल घर्तिमगरलाई अनुबन्धको प्रयास गरेको छ । स्रोतका अनुशार विमलको सम्झौता अन्तिम चरणमा पुगेको छ । विमलले भने च्यासल सहित अन्य केही क्लबमा पनि कुरा भइरहेको बताए ।