विमल, अन्जन र दिनेशले साग गुमाउने निश्चित

विमल, अन्जन र दिनेशले साग गुमाउने निश्चित भएको छ।

अखिल नेपाल फुटबल संघ को कारबाहीमा परे पछि विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने १३औं दक्षिण एसियाली खेलकुद मा सहभागी हुन नपाउने भएका हो।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले निरन्तरता दिएपछि दुई दशकपछि नेपालमा हुन लागेको साग खेलकुदमा सहभागी हुनबाट तीन खेलाडी वञ्चित हुन लागेका हुन् ।

साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने र नयाँ खेलाडी टिममा राखिने बताए ।

महर्जनका अनुसार, कारबाहीमा परेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।