विमबल्डन फाइनलमा जोकोभिचलाई बेरेन्टिनीको चुनौती

एजेन्सी, विम्बल्डनको फाइनलमा नोभाक जोकोभिचले इटालियन बेरेन्टिनीको सामना गर्नेछ। क्यानेडियन डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिचले फाइनल यात्रा तय गरेको हो।

यो उन्को ३० औं ग्राण्डस्लाम फाइनल हो। त्यस्तै, उनको लागि यो छैठौं विम्बल्डन र बिसौं ग्राण्डस्लाम जित्दै रेकर्ड बराबारी गर्ने मौका पनि रहेको छ।

उनको यो सातौ विम्बल्डम फाइनल म्याटेओ बेरेन्टिनीबिरुद्ध हुनेछ। छैठौं वरियता बेरेन्टिनी पहिलो पटक फाइनल खेल्न लागेका हुन।

इटालियनले हुबर्ट हुर्काजलाई ६-३, ६-०, ६-७(३/७), ६-४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए।

जोकोभिचले फाइनल खेल जितेको खण्डमा उनले राफएल नडाल र रोजर फेडेररको रेकर्ड बराबरी गर्नेछ। दुबैले किर्तिमानी २० ग्राण्डस्लाम जितेको छ।

यस्तै, बेरेन्टिनी ४५ बर्ष पछि पहिलो ग्राण्डस्लाम जित्ने दाउमा हुनेछ। १९७६ मा एड्रियानो पानट्टाले फ्रेन्च ओपन जिते यता कुनै पनि इटालियन खेलाडीले ग्राण्डस्लाम जित्न सकेको छैन।