न्युक्यासल युनाइटेडसँग टोटनह्याम बीचको खेल केहि विवादास्पद हुन पुगेको थियो। १-० खेलमा अघि रहेको स्पर्सले अन्तिम समयमा पेनाल्टीबाट गोल खाएको थियो।
Eric Dier handball vs Newcastle. Penalty called & scored. 1-1 pic.twitter.com/MGQUNTJYQ3
— OnlyFootballClips (@OnlyFootballCl1) September 27, 2020
खेलको पहिलो हाफमा घरेलु टोलीले अग्रता लिएको थियो । खेलको २५ औं मिनेटमा टोटनहमका लुकास मउराले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर अन्तिम समयमा स्पर्स बिरुद्ध न्युक्यासलले पेनाल्टी पायो र सो पेनाल्टीको मद्दतमा गोल पनि गर्न सफल भयो तर रेफरीको सो निर्णयबाट स्पर्सका कोच खुसी नरहेको स्पष्ट थियो।
स्पर्सका कोच मोरिन्होले अन्तिम सिठ्ठीको पर्खाइ पनि गरेनन् र पेनाल्टीबाट गोल भए पछि उनि मैदानबाट सिधै ड्रेसिंग रुम गए।
Mourinho’s post-match interview will be a cracker! #TOTNEW pic.twitter.com/WsMJAgsDcN
— M•A•J (@Ultra_Suristic) September 27, 2020
सो पेनाल्टीको सबै फुटबल फ्यानबाट आलोचना भएको छ र प्रिमियर लिगमा नयाँ ह्यान्ड-बल नियमले फुटबल खेललाई नराम्रो असर गरेको धेरैको विश्वास छ र धेरैले उक्त नियमलाई परिवर्तन गर्न आग्रह गरेका छन्।
स्काई स्पोर्ट्स पंडित जेमी कारगर ह्यान्डबल नियममा परिवर्तनको माग गर्दै बोले।
‘The handball rule is a joke… There’s no way goals like that should be not given – that’s embarrassing’
Jamie Carragher SLAMS new law after West Ham are denied late draw against Sheffield United by VARhttps://t.co/RVuEr0BZ8Z pic.twitter.com/NzAPlYG6Rh
— MailOnline Sport (@MailSport) January 11, 2020
“यो पूर्ण अपमान हो। एक निरपेक्ष मजाक,” कारगरले स्काई स्पोर्ट्सको वेबसाइट प्रति यस सिजनमा ल्याइएको नयाँ नियमको बारेमा भने।