विपक्षी टिमले टोटनह्याम बिरुद्धको खेलमा सानो गोल पोस्ट प्रयोग गर्न प्रयास गरे पछि

जोसे मोरिन्होले बिहीबार यूरोपा लिगको क्वालिफायर खेल अगि मैदानमा गोल पोस्ट परिवर्तन गर्न लगाएको खुलेको छ। यूरोपा लिगको क्वालिफायर खेलमा टोटेनह्यामले केएफ शान्डेइजा संग खेलेको थियो तर खेल अगि वार्म अपमा स्पर्सका गोलकिपरहरूले याद गरे कि गोल पोस्ट केहि सानो देखिन्थे र पछि पोष्टहरू दुई इन्च सानो रहेको कुरा खुलेको थियो।

खेल म्यासेडोनियाको टोज प्रोस्की एरेनामा हयेको थियो र उक्त आरोपबाट केएफ शान्डेइजा खुसी थिएनन् तर जोसे मोरिन्होले यूएफालाई गुनासो गरे र खेल सुरु हुने अगाडी यूएफाले पोस्टहर परिवर्तन गर्न लगाए।

घटनाको बारेमा बोल्दै, स्पर्स कोचले भने, “खेल अघि हास्यास्पद स्थिति थियो किनभने मेरो गोलकीपर [जो हार्ट] ले मलाई गोल पोस्ट सानो भएको बताए।

“म हेर्न गएँ र त्यो सानो थियो।

“गोलकिपरहरूले उनीहरूको सबै समय गोल पोस्टमा बिताउँदछन् तेही भएर हामी जान्दछौं।

“मैले तुरुन्तै केहि गलत भएको महसुस गरें र हामीले यूएफा प्रतिनिधिलाई भित्र ल्याए र यो ५ सेंटीमीटर जति सानो रहेको कुरा भयो।”

उक्त खेल स्पर्सले ३-१ले जितेको थियो भने अब क्वालिफायरको अर्को राउन्डमा स्पर्सले मक्काबी हाइफा बिरुद्ध खेल्ने छ।