विपक्षी टिमलाई लज्जीत हुने गरी गोल गरेको भन्दै रेफरीले स्ट्राइकरलाई पहेलो कार्ड दिए पछि

स्टटगार्टका फोवार्डले सिलास वामनगिटुकाले गोल गरे पछि पहिलो कार्ड पाएको घटनाको हाल धेरै चर्चा हुदै गएको छ। उनले विपक्षी टिमका खेलाडीहरुलाई लज्जीत हुने गरी गोल गरेको भनेर रेफरीले उनलाई पहिलो कार्ड दिए ।

विवादास्पद क्षण बुन्डेस्लिगामा आइतबार स्टटगार्ट र वर्डर ब्रेमेन बीचको खेलमा भएको हो। ब्रेमेनका डिफेन्डर र किपर बीच गल्ती भए पछि सिलासले किपरसंग बल खोसे र खाली पोस्टमा निकै सजिलैसँग गोल गरे भने उनले सिधै गोल नगरी स्टटगार्टका खेलाडीहरुलाई अगाढी बढाउन बल बिस्तारै खेलाए।

स्टटगार्टका खेलाडीहरु अगाडी आए पछि मात्र उनले गोल गरे र उनको त्यो व्यवहारबाट स्टटगार्टका खेलाडीहरु पनि खुसी थिएनन् भने विपक्षी टिमलाई लज्जीत हुने गरी गोल गरेको भन्दै रेफरीले स्ट्राइकरलाई पहिलो कार्ड दिए।

स्टटगार्टका फोवार्डमा स्पोर्ट्सम्यानशिपको अभावको कारण उनलाई पहिलो कार्ड दिएको रेफरीले बताए।