विपक्षी टिमलाई गोल गर्नबाट रोक्न बाहिर गइसकेको बल पनि खेलाए पछि

खेलाडीहरु आफ्नो टिमलाई जित दिलाउन सबै गर्ने गर्छन तर स्वीडेनको लिगमा भने एक खेलाडीले निकै नराम्रो र स्पोर्ट्सम्यानशिप विपरित काम गरे। स्वीडेनको फुटबल लिगमा एआईके र एल्फ्सबर्ग बीचको खेलमा एआईकेका खेलाडीले विपक्षी टिमलाई गोल गर्नबाट रोक्न बाहिर गइसकेको बल पनि खेलाए र रेफरी खेल रोक्न बाध्य भए।

एआईके र एल्फ्सबर्ग बीचको खेल २-२मा रहेको थियो जब एल्फ्सबर्गले काउन्टरमा गोल हान्ने निकै राम्रो मौका पायो एआईकेका गोलकिपर पनि आफ्नो पोस्टमा थिएनन् र खाली पोस्टमा गोल गर्ने दौडमा रहेका एल्फ्सबर्गलाई रोक्न एआईकेका सेबास्टियन लार्सनले बाहिर गइसकेको बल पनि खेलाए ।

काउन्टरमा रहेका खेलाडीलाई रोक्न एआईकेका खेलाडीहरुले सो बल एल्फ्सबर्गका खेलाडीको अगाडी प्रहार गरे र एल्फ्सबर्ग गोल गर्न असफल भए।

मैदानमा दुई बलको कारण काउन्टरमा रहेका खेलाडी अलमल हुन पुगे र रेफरीले एआईकेका सेबास्टियन लार्सनको सो व्यवहारको लागि पहेलो कार्ड पनि दिए। सो खेल २-२को बराबरीमा अन्त्य भएको थियो।