विपक्षी टिमको खेलाडीलाई टोके पछि लाजियोको डिफेन्डरले पाए रातो कार्ड

लाजियोका डिफेन्डरले विपक्षी खेलाडीलाई टोके पछि रातो कार्ड पाएका थिए। लेसेका डोनाती खेलको क्रममा लाजियोका डिफेन्डर पैट्रिकले टोकेका थिए र भीएआरको मदतमा उनलाई रेफरीले रातो कार्ड दिएको थियो।

अरु खेलाडीलाई टोक्ने फुटबलमा पहिले पटक भएको होइन, धेरैलाई पक्कै पनि लुइस सुआरेजको बारे थाहा छ ।

लाजियोका डिफेन्डर पैट्रिक,खेलको अन्तिम समयमा लेसेका खेलाडी डोनाटी संग बहस गर्न पुगेको देखिन्थ्यो र सो क्रममा उनले डोनाटीलाई टोकेका हुन्।

लाजियोले उक्त खेल २-१ ले गुमायो।