विपक्षी टिमका गोलकिपरले मेस्सीलाई आफ्नो छोरा सँग फोटो खिच्न अनुरोध गरे पछि

फुटबल सुपरस्टार लियोनल मेस्सीले आइतबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आफ्नो डेब्यू खेल खेले। रिम्स विरुद्ध २-०को जितमा उनले ६५औँ मिनेटमा मैदान प्रवेश गरे। उनको अत्यधिक प्रत्याशित डेब्युमा पिएसजी फ्यानहरू मात्र नभै रिम्सका फ्यानहरू पनि उत्साहित थिए र उनलाई स्वागत गरे।।

३४ वर्षका स्टारले नेमारको सट्टा मैदान प्रवेश गरे, उनले खेलमा गोल नगरे पनि उनको डेब्युबाट फ्यानहरू धेरै खुसी थिए तर विपक्षी टिम खेलाडीहरू पनि उनको फ्यान रहेको देख्न सकिन्थ्यो भने खेल पछि रिम्सका गोलकिपर राजकोभिकले मेस्सीलाई आफ्नो छोरा सँग फोटो खिच्न अनुरोध गरे।

खेल अन्त्य भए पछि मैदान छोड्ने क्रममा रहेका मेस्सी सँग रिम्सका गोलकिपर राजकोभिकले आफ्नो छोरा सँग फोटो खिच्न अनुरोध गरे र मेस्सीले सो कुरा अनुरोध स्वीकार गर्दै राजकोभिकका छोरा सँग फोटो खिचे।

हाल उक्त त्यो क्षणको भिडियो भाइरल हुँदै गएको छ भने फ्यानहरूमा मेस्सी प्रतिको सम्मान झन् बढेको छ। उक्त खेल भने पिएसजीले २-०ले जितेको थियो। खेलमा किलियन एम्बाप्पेले दुई गोल गरेका थिए।