विपक्षी खेलाडी माथि म्यान्चेस्टर युनाइटेडका डिफेन्डरको यस्तो ‘कुंग फू किक’

युरोपा लिगको अन्तिम ३२को दोस्रो लेगको खेलमा म्यान्चेस्टर युनाइटेड र रियल सोसीडाड बिचको खेल ०-०को बराबरीमा अन्त्य भएको थियो र उक्त खेलको सबैभन्दा बढी चर्चा भएको कुरा भने म्यान्चेस्टर युनाइटेडका डिफेन्डर विक्टर लिंडेलोफको ‘कुंग फू किक’ रहेको छ।

कर्नर किक हान्न प्रयासमा उनले डि-बक्स भित्र जम्प गरे तर सो क्रममा उनको घुँडाले रियल सोसीडाडका जोन बटिस्टाको अनुहारमा लग्न पुगेको थियो।

सो कर्नर किकमा युनाइटेडका तुआनजेबेले हेडरमा गोल गरे पनि म्यान्चेस्टर युनाइटेडका डिफेन्डर विक्टर लिंडेलोफको उक्त फाउलको कारण उक्त गोल पनि रद्द भएको थियो र उनले सो किकको कारण पहेँलो कार्ड पाए ।

हाल म्यान्चेस्टर युनाइटेडका डिफेन्डरको उक्त ‘कुंग फू किक’को धेरै ट्रोल हुँदै छ भने धेरैले उनको किकलाई डब्ल्युडब्ल्युईमा हुने किकहरू संग तुलना गरेका छन्।

पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।घरेलु मैदानमा युनाईटेडले युवा खेलाडीलाई मौका दिएको थियो । स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । खेलको १३ औँ मिनेटमा मिकेल ओयार्जाबल पेनाल्टीमा गोल गर्न चुके ।