मार्सेबिरुद्धको खेलमा खेलाडीहरु बीच झगडा भए पछि रेफ्रीले धेरै खेलाडीहरुलाई रातो कार्ड दिएका थिए र सो खेलाडीहरु थप खेलको लागि प्रतिबन्धित हुने भएको छ भने पेरिस सेन्ट जर्मेनका स्टार डि मारियाले विपक्षी खेलाडीलाई थुकेको आरोप लागेको छ र सो बारे छानवीन हुने भएको छ।
पीएसजीका एन्जेल डि मारियामाथि पनि विपक्षी खेलाडीलाई थुकेको आरोप छ । उनलाई २३ सेप्टेम्बरमा अनुशासन समिति सामु उपस्थित हुन भनिएको छ ।
🔴 Les images de Telefoot qui montrent que Di Maria crache en direction d’Alvaro Gonzalez. #TeamOM pic.twitter.com/NdiSnKfIvs
— Thomas (@omisapro) September 15, 2020
डि मारियाले गोन्जालेजको दिशामा थुकिएको देखाउँदै फुटेजहरु सामाजिक संजालमा भाइरल हुदै छ र उनको सो व्यवहार कोभिड-१९ नियमहरूको स्पष्ट उल्ल .्घन हो।
Ligue 1 confirmed the sanctions after the PSG-Marseille brawl on Sunday:
Kurzawa: Six games
Amavi: Three games
Neymar: Two games
Paredes: Two games
Benedetto: One game
Di Maria: Under investigation for allegedly spitting at Alvaro Gonzalez— B/R Football (@brfootball) September 16, 2020
रातो कार्ड पाउने अन्य खेलाडीहरुलाई पनि प्रतिबन्ध सुनाइएको छ । यसमा पीएसजीका डिफेन्डर लेइभिन कुरजावालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । उनको समकक्षी लियान्ड्रो पारेडेलसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । मार्सेका जोर्डन अमाभीलाई ३ खेल तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । नेमार भने २ खेलको लागि प्रतिबन्धित भएका छन्।
साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ ।