विपक्षी खेलाडीको टाउकोमा यस्तो फ्लाइंग किक हने पछि

टर्कीको सुपर लिगको खेलमा भएको घटनाको हाल धेरै चर्चा हुँदै गरेको छ। डेनिलिस्स्पोर र गिजियान्टेप बिचको खेलमा डेनिलिस्स्पोरका लेफ्ट ब्याकले बल नियन्त्रण गर्ने प्रयास गर्दा विपक्षी खेलाडीको टाउकोमा निकै खतरनाक फ्लाइंग किक हान्न पुगे।

गिजियान्टेप आक्रमणमा थियो र गिजियान्टेपका खेलाडी पास लिने क्रममा रहेको बेला डेनिलिस्स्पोरका लेफ्ट ब्याक ओजेर ओज्देमिरले सो बल रोक्ने प्रयासमा थिए र सो क्रममा उनको फ्लाइंग किक गिजियान्टेपका जुनियर मारानाओको अनुहारमा लग्न पुग्यो।

डेनिलिस्स्पोरका लेफ्ट ब्याकको सो किक निकै खराब र खतरनाक थियो। सो किकको लागि डेनिलिस्स्पोरका खेलाडीले सिधै रातो कार्ड पाए भने गिजियान्टेपका जुनियर मारानाओले चोटको कारण सात टाँका लगाउन परे।

सो खेल गिजियान्टेपले २-०ले जितेको थियो। हाल लेफ्ट ब्याक ओजेर ओज्देमिरको सो किकको भिडियो निकै भाइरल हुँदै गएको छ।