बुन्डेसलिगामा बोरुसिया मोन्चेन्ग्लाबाच र होफेनहाइम बीचको खेल निकै विवादास्पद बनेको छ। मोन्चेन्ग्लाबाचका मार्कस थुरमले विपक्षी खेलाडीको अनुहारमा थुके पछि उनले रातो कार्ड पाएका थिए।
Marcus Thuram sent off for spitting at Hoffenheim’s Stefan Posch today – a really petulant move in the middle of a particularly intense moment in the pandemic in Germany & beyond. pic.twitter.com/oW1SbaNU6u
— Get French Football News (@GFFN) December 19, 2020
सो खेलमा मोन्चेन्ग्लाबाच होफेनहाइमबिरुद्ध १-१को गोलको बराबरीमा रहेको थियो र ७७औ मिनेटमा मोन्चेन्ग्लाबाचका मार्कस थुरमले विपक्षी खेलाडीको अनुहारमा थुके।
रेफरीले उक्त घटना भीएआरबाट जाँच गरे र रेफरीले बोरुसिया मोन्चेन्ग्लाबाचका मार्कस थुरमलाई रातो कार्ड देखाए।
घटनाको समयमा स्कोर १-१ रहेको थियो र होफेनहाइमले ८६औ मिनेटमा गोल गर्दै उक्त खेल जिते। हाल मोन्चेन्ग्लाबाचका मार्कस थुरमको धेरै आलोचना हुदै गरेको छ। ‘यो टीमका लागि र उनको लागि लाज हो’, मोन्चेन्ग्लाबाचका टीम मेट भ्यालेन्टीनो लाजारोले खेल पछि भने। ‘यो उनको चरित्रसँग पटक्कै मिल्दैन।’
बोरुसियाका कोच मार्को रोजले ‘सम्पूर्ण क्लबको तर्फबाट’ माफी मागे र थपे: ‘यस्तो फुटबल पिचमा हुनु हुदैन। यो सीमा भन्दा पर गएको छ। ‘