सोमपालको टिम ग्लोबल टि-२० लिगको फाइनल, सोमपालले गरे शाहिद अफ्रिदीलाई क्याच आउट

सोमपाल कामी सम्मिलित कानडामा जारी ग्लोबल टि-२० लिगको फाइनल प्रवेस गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा ब्राम्पटन उल्भ्सलाई ७ विकेटको अन्तरले पराजित गर्दै विनिपेगले फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको ब्राम्पटनले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनायो। उनका लागि कप्तान डेरेन सामीले सर्वाधिक ३३ रन, बाबर हायात र शाहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए। त्यस्तै वाहब रियाजले २३ रन तथा जर्ज मुन्सेले २२ रन बनाए।

विनिपेगका रायाद इम्रितले ३ विकेट लिए भने कालीम सानाले २ विकेट लिए। त्यस्तै मोहम्मद इरफान र पौल भ्यान मेकेरिनले १-१ विकेट लिए।

२०१ रनको जवाफी ब्याटिंगमा आएका विनिपेगले सो लक्ष्य ३ विकेटको गुमाएर पुरा गर्यो। डुमिनी र स्मिथले ५० र १७ रन प्रहार गरेर विनिपेगलाई जित दिलाए। विनिपेगको जीतमा खेलको म्यान अफ द म्याच सिमान अनवर घोषित भए। उनले २३ बलमा ६ चौका र ४ छक्काको प्रहार गर्दै ५२ रन बनाए।

यस खेलमा सोमपालले १२ औं खेलाडीका रुपमा मैदान प्रवेस गरेका थिए। उनले शाहिद अफ्रिदीलाई क्याच आउट गरेका थिए।

सोमपालको विनिपेगले अब फाइनल खेलमा भानकोउभर नाईट्सको सामना गर्नेछ। सो खेल आज आइतबार राति हुनेछ।