विदेशीहरुलाई प्रिमियर लिग क्लब बेच्नमा प्रतिबन्ध लगाउन माग

पूर्व चेल्सी मालिक केन बेट्स विदेशी समूहहरूलाई क्लब बिक्री प्रतिबन्धित भएको हेर्न चाहन्छन्। ८९ वर्षका ब्रिटिस व्यापारी १९९२ मा प्रिमियर लिगको गठनमा संलग्न थिए र पिरामिडको शीर्षमा थिए जुन बेला धेरैजसो क्लबहरू केवल बेलायत भित्र मात्र सञ्चालन भइरहेको थियो।

समय अब परिवर्तन भएको छ र म्यान्चेस्टर युनाइटेड र लिभरपुल जस्ता ठुलो क्लब दुवै अमेरिकीहरूको स्वामित्वमा छ – र यी क्लब मिलेर नयाँ युरोपियन सुपर लीग बनाउने कुरा भएको थियो जसको आलोचना पनि भएको थियो।

“म्यान्चेस्टर युनाइटेड अमेरिकनको स्वामित्वमा छ। लिभरपुल अन्य अमेरिकीहरूको स्वामित्वमा छ,” बेट्सले द टेलिग्राफलाई भने। “पहिलो कुरा उनीहरूले प्रिमियर लिगमा दुई टिम घटाउने गरे। ती दुईलाई नै यसबाट बाहिर निकाल्नु। कसैले पनि उनीहरूलाई आउन आग्रह गरेको थिएन।

“समस्या यो छ कि एफ ए(फुटबल सङ्घ) धेरै कमजोर छ।जब म एफ ए काउन्सिल र एफ ए बोर्डमा थिएँ, फुटबल क्लबहरूको विदेशी स्वामित्व रोक्ने नियमहरू पेस गर्नु पर्ने रहे छ।”

क्लबका विदेशी मालिकले आमदानी सबै बाहिर लागेको पनि उनले गुनासो गरे र ती मालिकहरूले कर नतिरेको पनि उनले बताए।