वाट्फोर्ड बिरुद्ध सालाहको यस्तो उत्कृष्ट ‘सोलो’ गोल

इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले वाट्फोर्ड माथि फराकिलो जित हात पारेको थियो र हाल उक्त खेलमा मो सालाहले निकै उत्कृष्ट ‘सोलो’ गोल गरे जसको भिडियो हाल धेरै भाइरल हुँदै गएको छ। लिभरपुलले वाट्फोर्डलाई ५-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फर्मिनोले ह्याट्रिक गर्दा साडियो माने र मो सालाहले एक एक गोल गरे ।

खेलमा लिभरपुल ३-०ले अगाडी हुँदा सालाहले ५४ औँ मिनेटमा निकै उत्कृष्ट सोलो गोल गरे। डि-बक्स भित्र ३ डिफेन्डरबाट घेरिएका सालाहले आफ्नो उत्कृष्ट ड्रीबल स्किल देखाउँदै उक्त डिफेन्डरहरूलाई पछि पार्दै निकै उत्कृष्ट गोल गरे।

डि-बक्सको दाहिनेबाट उनले ३ डिफेन्डरहरूलाई पछि पार्दै निकै उत्कृष्ट ‘कर्ली’ शत प्रहार गरे र सो प्रहार निकै उत्कृष्ट गोलमा परिवर्तन भयो।

उनको यो जारी सिजनको सातौँ गोल समेत हो । सालाह सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेको छ भने प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमा डिडियर ड्रोग्बाको रेकर्ड बराबरी गरेको छ । उनको यो १०५ प्रिमियर लिग गोल हो ।

लिभरपुल अंक तालिकामा १८ अंक सहित शीर्ष स्थानमा रहेको छ भने वाट्फोर्ड ७ अंक जोड्दै १५ औँ स्थानमा छ ।