वाट्फोर्डमाथि लिभरपुलको फराकिलो जित

एजेन्सी, इग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुल विजय भएको छ । शनिबार साझ भएको खेलमा वाट्फोर्ड माथि फराकिलो जित हात पारेको हो ।

लिभरपुलले वाट्फोर्डलाई ५-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फर्मिनोले ह्याट्रिक गर्दा साडियो माने र मो सालाहले एक एक गोल गरे ।

साडियो मानेले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । उनले खेलको ९ औं मिनेटमा सालाहको पासमा गोल गरेका हुन ।

दोश्रो गोल फर्मिनोको नाममा रह्यो । मिल्नरको क्रसमा उनले सहज गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलले अग्रता लिएको लिभरपुल दोश्रो हाफमा पनि आफ्नो आक्रमक खेललाई निरन्तरता दिए । दोश्रो हाफको ६ मिनेट हुँदा रोबर्ट्सनको क्रस वाट्फोर्ड डिफेन्डरको खुट्टामा लाग्दै किपर फोस्टरले बचाएको बल रीबाउन्डमा फर्मिनो ट्याप इन गोल गरेका थिए ।

त्यस्तै, चौथो गोल सालाहले गरे । उनले विपक्षी खेलाडिलाई बिट गर्दै सोलो गोल गरे । उनको यो जारी सिजनको सातौं गोल समेत हो । सालाह सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा रहेको छ भने प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडिमा डिडियर ड्रोग्बाको रेकर्ड बराबरी गरेको छ । उनको यो १०५ प्रिमियर लिग गोल हो ।

खेल सकिन केहि समय बाकि रहेको अवस्थामा बैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका निको विलियमको क्रसमा फर्मिनोले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

लिभरपुल अंक तालिकामा १८ अंक सहित शिर्ष स्थानमा रहेको छ भने वाट्फोर्ड ७ अंक जोड्दै १५ औं स्थानमा छ ।