वाइनाल्डमको प्राथमिकता बार्सिलोना

एजेन्सी, मिडफिल्डर जिनि वाइनाल्डमले लिभरपुलसंग सम्झौता नविकरण नगर्ने भए पछि क्लब छोड्ने पक्का भएको छ। न्यु क्यासलबाट लिभरपुलमा अनुबन्धित भए पछि उनी क्लोपको पहिलो रोजाइमा पर्न सफल हुँदै आएको थियो।

लिभरपुल छोड्ने भए पछि युरोपका शिर्ष क्लबहरु उन्लाइ भित्र्याउने प्रयासमा छन। गत हप्ता बायर्न म्युनिखसंग सकारात्मक वार्ता हुदा म्युनिख जाने हल्ला चलेको थियो।

यद्यपि, फब्रिजियो रोमानोका अनुसार वाइनाल्डमको प्राथमिकता बायर्न भन्दा बार्सिलोना रहेको जनाएको छ।

बार्सिलोनाको प्रशिक्षक रोनाल्डो कोम्यान उन्लाइ भित्र्याउने कसरतमा छन। उनी बार्सिलोनासंग सम्झौताको नजिक रहेको रोमानोले बताए।

बार्सिलोनाले उन्लाइ सन २०२४ सम्मको सम्झौता प्रस्ताव गरेका छन।