लौटारो मार्टिनेजको गोलमा इन्टर मिलानको जित, शीर्ष स्थानमा उक्लन सफल

इटालियन लिग सिरी ए अन्तर्गत आइतबार भएको खेलमा इन्टर मिलानले आफ्नो घरेलु मैदानमा एसपीएएलबिरुद्ध जित दर्ता गरेको छ ।

खेलमा लौटारो मार्टिनेजले १६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलायो ।

४१ औं मिनेटमा मार्टिनेजले अर्को गोल गर्दै इन्टरले अग्रता दोब्बर बनायो ।

५० औं मिनेटमा एसपीएएलका भालोटिले गोल गर्दै खेल २-१ बनायो ।

जितसंगै इन्टर मिलान लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।