लोनमा चम्किरहेका म्यान्चेस्टर युनाइटेडका स्टार माथि ठुलो क्लबहरूको नजर

हाल प्रिमियर लिगमा जेसे लिंगार्डको निकै राम्रो प्रदर्शन रहेको छ। उनी म्यान्चेस्टर युनाइटेडबाट वेस्ट ह्याममा लोनमा गएका थिए र आफ्नो नयाँ क्लबमा उनको निकै राम्रो खेल रहेको छ।

यो सिजन उनले वेस्ट ह्यामको लागि ९ खेलमा ८ गोल र ३ असिस्ट गरेका छन् र ईएसपीएनका अनुसार लोनमा चम्किरहेका म्यान्चेस्टर युनाइटेडका स्टार माथि ठुलो क्लबहरूको निगरानी सुरु भएको छ।

खबर अनुसार २८ वर्षका लिंगार्डको राम्रो खेल पछि उनी माथि पिएसजी, रियल म्याड्रिड र इन्टर मिलान जस्तो क्लबको नजर रहेको छ।

म्यान्चेस्टर युनाइटेडमा उनको खेल धेरै राम्रो हुन सकेको थिएन भने क्लबले उनलाई वेस्ट ह्याममा लोनमा पठाउने निर्णय लियो र हाल वेस्ट ह्याममा उनको निकै राम्रो खेल जारी रहेको छ।

लिंगार्डको राम्रो फमले वेस्ट ह्याम लिगलाई लिगको शीर्ष ४मा पर्न मद्दत गरेको छ भने वेस्ट ह्याम उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ।