लोनमा गएका युवा प्रतिभा आफ्नो योजनामा नरहेको कोम्यानद्वारा स्वीकार

बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले बार्साका युवा सेन्टर ब्याक जीन-क्लेयर तोडिबो आफ्नो योजना नरहेको स्वीकार गरे।

हाल जीन-क्लेयर तोडिबो बार्साबाट लोनमा बेनिफिकामा छन् र कोम्यानलाई यदि म्यानचेस्टर सिटीका एरिक गार्सियाको ट्रान्सफर बार्सामा सफल नभए तोडिबो उनको विकल्प हुने भनेर सोधिएको थियो।

तर युवा सेन्टर ब्याक जीन-क्लेयर तोडिबो हाल आफ्नो योजनामा नपर्ने कोम्यानले स्पष्ट गरे।

“उनी बार्सिलोनाका खेलाडी हुन्, तर उनी मेरो योजनामा छैनन्,” कोम्यानले भने।

हाल फ्रान्सेली सेन्टर-ब्याक बेनिफिकामा लोनमा छन् उनलाई बार्साले लोनबाट फिर्ता गर्ने चर्चा थियो तर सो कुरा साचो नरहेको र लोनमा गएका युवा प्रतिभा आफ्नो योजनामा नरहेको कोम्यानले स्वीकार गरे। बार्साले तोडिबोलाई २०१९मा साइन गरेको थियो।