लेस्टर सिटी र चेल्सी बीचको खेल बराबरीमा समाप्त

लेस्टर सिटी र चेल्सी बीचको खेल २-२ बराबरीमा समाप्त भएको छ।

शनिबार भएको प्रिमियर लिगको खेलमा लेस्टर सिटीले चेल्सीलाई आफ्नो घरेलु मैदानमा २-२ले रोकेको छ। खेलको ४६मा चेल्सीले एन्टोनियो रुडिगरको गोलबाट अग्रता लिएको थियो तर लेस्टरका हार्वे लुइस बार्नेसले ५४ मिनेट गोल गर्दै खेल बर्बरी गरे।

लेस्टरबाट बेन चिलवेलले गोल गर्दै लेस्टरलाई अग्रता दिएको थियो तर चेल्सीका एन्टोनियो रुडिगरले फेरी ७१ मिनेटमा गोल गर्दै चेल्सीलाई हारबाट बचाए।

लिगमा हाल लेस्टर ४९ अंकको साथ तेस्रो स्थानमा छ र चेल्सी ४१ अंकको साथ चौथो स्थान रहेको छ।