लेस्टर सिटीमाथी म्यान्चेस्टर सिटीको रोमान्चक जित

तेस्रो स्थानको म्यान्चेष्टर सिटीले दोस्रो स्थानको लेस्टर सिटीलाई हराएको छ ।

शनिबार भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गेल अन्तरले हराएको हो ।

सिटीले लिगको दोस्रो स्थानको लेस्टरलाई हराउँदा शीर्ष स्थानको लिभरपुलले १० अंकको अग्रता बनाएको छ ।

शीर्ष स्थानको लिभरपुलको ४९ अंक छ । लेस्टर ३९ अंक सहित दोस्रो र सिटी ३८ अंक सहित तेस्रो स्थानमा छ ।

सिटीको घरेलु मैदानमा अग्रता भने लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा लिएको थियो ।

लेस्टरको पुर्व स्टार रियाद महरेजले ३० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

ईल्के गुन्डोगनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए ।

केभिन डी ब्रुइनीको पासमा ग्याब्रियल जिससले ६९ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।

जारी सिजनमा ब्रुईनीले १३ गोलको अवसर सिर्जना गरेका छन् । उनैबाट प्रेरित सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी १० मा झारेको छ ।