लेस्टर सिटीका स्टार साइन गर्न बार्सा इच्छुक

ला लिगा क्लब बार्सिलोना लेस्टर सिटीका स्टार मिडफिल्डर युरी थिलेमान्स साइन गर्न इच्छुक रहेको जानकारी छ। बेल्जियमका मिडफिल्डरको खेल लेस्टर सिटीमा निकै राम्रो रहेको छ तर उनले लेस्टर सिटीको नयाँ सम्झौताको प्रस्ताव अस्वीकार गरे पछि धेरै क्लबको नजर उनी माथि रहेको खबर छ।

बार्सा धेरै समय देखि नयाँ मिडफिल्डरको खोजीमा रहेको थियो भने जर्जिनियो विज्नाल्डमलाई साइन गर्न असफल रहे पछि अझै पनि बार्सा मिडफिल्डरको खोजीमा रहेको जानकारी छ।

म्यानचेस्टर युनाइटेडको नजर पनि उनी माथि रहेको जानकारी छ। लेस्टर सिटीले युनाइटेड विरुद्ध ४-२को जित हासिल गर्दा युरी थिलेमान्सले उत्कृष्ट गोल गरेका थिए।

हाल युरी थिलेमान्स लेस्टर छोड्न इच्छुक हुने सङ्केतहरू आएको छ। उनले लेस्टर सँग सम्झौता विस्तार गरेका छैनन् भने बार्साले उनलाई आउँदो ट्रान्सफर विन्डोमा साइन गर्न प्रयास गर्न सक्ने जानकारी छ।