लेस्टर सिटिले भार्दीको प्रस्तिस्थापनमा सेल्टिकको स्ट्राइकर भित्र्याउने

लेस्टर सिटिले सेल्टिएको स्ट्राइकर ओद्सोन्ने इदुवार्ड भित्र्याउनेमा बिश्वस्ट छन्।

स्पोर्ट्समेलका अनुसार इदुवार्ड आफ्नो पूर्व प्रशिक्षक ब्रेन्डन रोजरसंग काम गर्न इच्छा व्यक्त गरेका छन्। उनले सेल्टिकमा चार सिजनमा ८३ गोल गरेका छन्। त्यस्तै लेस्टरले £१५ मिलियनमा सम्झौताको नजिक पुगेको विभिन्न स्रोतको दाबी छ।

सेल्टिएको प्रशिक्षक हुँदा रोजरले इदुवार्डलाई पिएसजीबाट सेल्टिकमा अवसर दिएका थिए। लेस्टरको प्रशिक्षकले उनलाई भार्दीको प्रतिस्थापनको रूपमा लिएको छ।

इदुवार्डको सम्झौतामा १२ महिना मात्र बाँकी रहेको अवस्थामा उनको मूल्यमा केही गिरावट हुने सम्भावना छ।

युरोपका अन्य क्लबहरूले पनि उनलाई पन्छाइ रहेका छन्। आर्सेनल र रोमा जस्ता क्लब पनि उनलाई भित्र्याउन प्रयासरत छन्। यद्यपि, लेस्टर भने दौडमा अगाडि रहेको बुझिएको छ।