लेस्टर सिटिको डिफेन्डर माथी म्यान्चेस्टर युनाइटेडको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर अर्का इङलिस क्लब लेस्टर सिटिका टर्किस डिफेन्डर चालार सोयुन्जु माथी परेको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडले राफायल भरान र पाउ टोरेसका साथसाथै अब सोयुन्जुलाई पनि आफ्नो ट्रान्सफर सुचीमा राखेका छन्।

म्यान्चेस्टर युनाइटेडले २०१९ मा लेस्टर सिटिबाटै रेकर्ड ट्रान्सफर रकम ७८.३० मिलियन पाउन्डमा हाल युनाइटेडका कप्तान ह्यारी मग्वायर भित्र्याएका थिए। म्यान्चेस्टर युनाइटेड ह्यारी मग्वायरका लागि एक साथीको खोजीमा रहेको देखिएको छ।
२५ वर्षका टर्कीस डिफेन्डर सोयुन्जु २०१८ मा जर्मन क्लब एस.सी फ्रेइबर्गबाट करिब २० मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्ध भएका थिए। उनले लेस्टरका लागि ८२ खेल खेल्नुका साथै २ गोल गर्न सफल पनि भएका छन्। उनी हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिसँग आबद्ध छन्।