लेस्टरका खेलाडीलाई महङ्गो रकममा भित्र्याउने आर्सनलको योजना

एजेन्सी, इङ्लिस क्लब आर्सनल अर्का इङलिस क्लब लेस्टर सिटिका इङलिस खेलाडी जेम्स म्याडिसनलाई उच्च रकम तिरेर भएपनि भित्र्याउन इच्छुक रहेको देखिएका छन्। रिपोर्टका अनुसार म्याडिसन आर्सनलको ट्रान्सफर सुचीमा उच्च स्थानमा छन्।

म्याडिसनले गत वर्ष लेस्टर सिटिसँग थप ४ वर्षसम्मका लागि अनुबन्धित हुने र उनले हप्ताको १००,००० पाउन्ड पारिश्रमिक पाउने नयाँ सम्झौता गरेका थिए। यसले गर्दा पनि उनको मुल्य उच्च हुने आंकलन गरिएको छ। रिपोर्टका अनुसार म्याडिसनका लागि गत वर्ष अर्को क्लबको ७० मिलियन पाउन्डको प्रस्ताव लेस्टर सिटिले अस्विकार गरेका थिए।
२४ वर्षका अट्याकिङ मिड्फिल्डर म्याडिसन २०१८ मा अर्का इङलिस क्लब नर्विच सिटिबाट लेस्टर सिटिमा अनुबन्धित भएका थिए। उनले लेस्टरका लागि कुल ११८ खेल खेल्नुका साथै २७ गोल पनि गर्न सफल भएका छन्।