काठमाडौं । आसन्न ए डिभिजन लिगका लागि जावलाखेल युथ क्लबले लेसोथो राष्ट्रिय टिमका स्ट्राइकर एन्कोटो मसोआबिलाई अनुबन्ध गरेको छ ।
जावलाखेल युथ क्लबले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत मसोआबिलाई अनुबन्धित गरिएको जनाएको छ ।
लेसोथो राष्ट्रिय टिमका सदस्य रहेको मसोआबी जोर्जियन क्लब एफसी मेरानी मार्ट्भिलीबाट फुटबल खेल्दै आएका छन् ।
मार्ट्भिली जोर्जियन फुटबल लिगको दोस्रो श्रेणीको लिगमा खेल्ने टोलि हो ।
सहिद स्मारक ए डिभिजन लिग फल्गुण १९ गतेबाट सुरु हुदैछ ।
लिग दबल राउन्ड लिगको आधारमा हुनेछ । एन्फाले लिगका खेल दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल ग्राउण्डमा खेलाउने बताएको छ ।