लेष्टर सिटि चेल्सीसंग स्तब्ध

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । यो नतिजाले चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै रहेको छ ।

चेल्सीको ६७ अंक रहेको छ भने चौथो स्थानमा रहेको लेस्टरको ६६ अंक रहेको छ । चेल्सीलाई जिताउनका लागि एन्टोनियो रुडिगर र फ्रिलो जर्गिन्होले एक एक गोल गर्दा

लेस्टरका कलिची इहेनाचोले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको शुरुमा रुडिगरले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए ।

दोस्रो गोल भने चेल्सीले पेनाल्टीमार्फत गरेको हो । ६६ औं मिनेटमा जर्गिन्होले पेनाल्टी मार्फत गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।

२ गोलले पछि परेको लेस्टरले ७६ औं मिनेटमा एक गोल फर्काएका थियो । उसका लागि इहेनाचोले गोल गरेका थिए ।