लेष्टरसंग चेल्सी पराजित

इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी लेष्टर सिटीसंग १ – ० ले पराजित भएको हो । चेल्सीले लेष्टरसंग घरेलु मैदानमै हार व्यहोरेको हो । लेष्टको जितमा जेमी भार्डीले निर्णायक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई ३ अंक दिलाए । बल पोजिसनमा एकतर्फी पकड बनाएपछि चेल्सीले लेष्टरको डिफेन्स र गोलकिपर चिर्न सकेनन् ।

यो हारसंगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको चेल्सीको १८ खेलबाट ३७ अंक छ । चेल्सीलाई हराउन सफल लेष्टर २५ अंक जोडेर लिगको नवौं स्थानमा छ ।