लेवान्डोस्की ४ हप्ता मैदान बहिर रहने

एजेन्सी, बायर्न म्युनिखले रोबर्ट लेवान्डोस्की घुडामा चोट बोकेका कारण ४ हप्ता मैदान बहिर रहने पुष्टि गरेको छ।

क्लबको वेबसाईट मार्फत उक्त खबरको पुष्टि गरेको हो। बायर्नका स्टारले पोल्यान्डका लागि खेल्ने क्रममा चोट बिकेका थिए।

पोलिश स्ट्राइकरले च्याम्पियन्स लिग क्वाटरफाइनल खेल पिएसजिविरुद्ध हुने दुबै खेल गुमाउने भएको छ।

लेवान्डोस्कीले जारी सिजन बुन्डेस्लिगामा २५ खेलमा ३५ गोल गरिसकेको छ। त्येस्तै च्याम्पियन्स लिगमा ६ खेलमा ५ गोल गरेका छन।

पिएसजी खेलसंगै फरवार्डले आर बि लेप्जिग, युनियन बर्लिन, वुल्स्बर्ग र बायर्न लेभर्कुसनविरुद्धको खेल गुमाउने पक्का भएको छ।