“लेवान्डोस्की हाल क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीभन्दा उत्कृष्ट छन्।”

बायर्न म्युनिखका सीईओ कार्ल- हेन्ज रुम्मेनिग्गेले क्लबका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रशंसा गरेका छन् भने उनी हाल बार्साका सुपरस्टार मेस्सी र युभेन्टसका सुपरस्टार रोनाल्डो भन्दा उत्कृष्ट रहेको पनि दाबी गरे।

यो सिजन लेवान्डोस्कीले ३९ खेलमा अविश्वसनीय ४७ गोल र ९ असिस्ट गरेका छन् र उनले बायर्नलाई यो पटक पनि लिग जित्न मद्दत गरे। हाल लेवान्डोस्कीको जारी उत्कृष्ट फमको बारे बायर्न म्युनिखका सीईओ कार्ल- हेन्ज रुम्मेनिग्गेले बोल्दै प्रशंसा गरे।

६५ वर्षीय जर्मन लेजेण्डले भर्चुल्ना पोल्स्कालाई भने: “उनले विश्वका सर्वश्रेष्ठ खेलाडीका लागि फिफा पुरस्कार पाए, त्यसैले मेरो लागि कुरा स्पष्ट गर्दछ।

“ठिक छ, ठुलो प्रतिभा विश्व फुटबल मा देखा परेका छन् जस्तै किलियन एम्बाप्पे। यद्यपि, रोबर्ट लेवान्डोस्की वर्तमान मा संसारको सर्वश्रेष्ठ फुटबलर हुन्।

“मेरो विचारमा उनी अहिले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीभन्दा उत्कृष्ट छन्।”

अग्स्बर्गसगँको खेलमा उनले अन्तिम ९० मिनेटमा गोल गर्दै उनी एकै बुन्डेस्लिगा सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न पनि सफल भएका थिए।

उनले यो सिजनको सबै खेलमा कुल ४१ गोल गरी सन् १९७१/७२ सिजनमा जर्ड मुलरले राखेको ४० गोलको कीर्तिमान तोड्न सफल भएका हुन्।उनले यो बुन्डेस्लिगामा सिजनमा २९ खेल मात्र खेलेका छन्।