लेवान्डोस्कीले पाए यस्तो बालोन डि ओर

जर्मन क्लब तथा पोल्यान्डका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की २०२० मा सबैभन्दा उत्कृष्ट गोलकर्ता बन्न सफल भएका छन् तर कोभिडका कारण यस वर्ष बालोन डि ओर अवार्ड हुनेछैन जुन उनी हकदार हुन् ।

तर लेवान्डोस्कीले भने लेगोको बालोन डि ओर पाएका छन् । उनलाई उक्त ट्राफी पोलिस रार्यापर क्युबोनाफिडेले दिएको हो, र ३२ वर्षीय खेलाडी खुशी देखिन्थे । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टका लेगोको बालोन डि ओर पाएको फोटो सेयर गरेका छन् ।

बार्यानका स्ट्राइकरले गोलले आयोजना गरेको बेस्ट मेन्स प्लयेरको अवार्ड हात पारेको छ ।

लेवान्डोस्कीको यस्तै उत्कृष्ट फम निरन्तर रहे उनले २०२१ मा बालोन डि ओर पाउन सक्नेमा कुनै शंका छैन ।